पोखरामा नेपाल बन्दको आंशिक प्रभाव


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




पोखरा । चार राजनैतिक दलले आवहान गरेको बन्दका कारण पोखरामा आंशिक प्रभाव परेको छ । सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दको पोखरामा सामान्य प्रभाव परेको हो ।

पोखराका मुख्य चोकहरुमा तिनै सुरक्षा संगठन नेपाल आर्मी,शसस्त्र प्रहरी र प्रहरीहरु परिचालन गरिएका छन् भने व्यापारव्यवसाय पनि आंशिक रुपमा सञ्चालित छन् । सरकारी तथा प्राईभेट विद्यालयहरु बन्द भएपनि नियमित परिक्षाहरु सञ्चालित छन् ।

त्यसैगरि लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा पनि आंशिक प्रभाव परेको छ । पोखरा महानगरपालिका – २६ बुढी बजारमा फेला परेको शंकास्पद वस्तु बाहेक अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । फेला परेको उक्त वस्तु नेपाल आर्मीले डिस्पोज गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आव्हान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।