मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ ।
उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च अदालतले अस्वीकार गरेको हो ।
६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेसिया डेभलपमेन्ट बर्हाड (१ एमडीबी) मा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।
सन् २०२० को जुलाईमा अभियुक्त ठहराइएका उनी अपिल दर्ता गरी जमानतमा रिहा भएका थिए । अदालतले आफ्नो सजाय कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अन्तिम अनुरोध पनि अदालतले अस्वीकार गरेको छ ।
उनले अहिलेसम्म पनि आफूले कुनै गलत काम नगरेको अडान दोहो¥याउँदै आएका छन् ।
सन् २०२० मा कुल ९४ लाख अमेरिकी डलर १एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी खातामा सारिएको अभियोगमा आधारित मुद्दामा सातवटा घटनामा दोषी ठहर गरिएको थियो ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







