जनकपुरधाम । मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति राससको मधेस प्रदेश कार्यालयको निरीक्षण गरेका छन ।
सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै उनले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न सुझाब दिदै राससकर्मीहरुको दक्षता अभिवृद्धिका लागि मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने बताए ।
रासस प्रदेश कार्यालयका निमित्त प्रमुख राजु विश्वकर्माले भौतिक संरचनाको अवस्थासँगै पछिल्लो समय कार्यालय व्यवस्थामा देखिएको चुनौतिको बारेमा राज्यमन्त्री कर्णलाई जानकारी गराए । विसं २०४१ मा निर्मित भवनको हालै जीर्णोद्वार गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे…






