फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

काठमाण्डौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ ।

यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।

उनले विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत १५ भन्दाबढी व्यक्तिसँग रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।