नेपाल टेलिकमले ‘एफटीटीएच’ (फाइबर टु द होम) सेवा शुरु गरेको छ ।
नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटीटीएच’ सेवा शुरू गरेको हो ।
नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका तामाका तारहरूलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा शुरू गरिएको शाखाका प्रमुख नारायण कपालीले बताएका छन् ।
‘तामाका तारमार्फत पहिल्यै वितरण गरिएका टेलिफोनलाई पहिलो चरणमा ‘एफटीटीएच’ प्रविधिमा परिवर्तन गरेका छौँ,’ उनले भने, ‘जडानमा रहेका पुराना टेलिफोनलाई उक्त प्रविधिमा रूपान्तरण सकेपछिमात्रै दोस्रो चरणमा नयाँ लाइनहरू जडान गर्नेछौँ ।’
भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरेर सकिने र दशैंअगावै नयाँ लाइन पनि जडान गर्ने गरी तीव्र रूपमा काम अगाडि बढेको उनले जानकारी दिए ।
तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडीएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेसँगै टेलिकमले नयाँ प्रविधिसहितको ‘एफटीटीएच’ सेवा भित्राएको हो । ‘एफटीटीएच’ सेवा भिœयाएसँगै सेवाग्राहीले टेलिफोन लाइन जडानका लागि निवेदन दिने बढ्दै गएको उनले बताए ।
भ्वाइस, डाटा तथा टिभी सस्तो मूल्यमा एउटै फाइबरमार्फत उपलब्ध हुने भएपछि सेवा प्रयोग गर्नका लागि माग गर्ने सेवाग्राही बढ्दै जानुभएको छ,’ उनले भने, ‘सरकारी कम्पनी, सस्तो भरपर्दो सेवा सुविधाकै कारण ‘एफटिटिएच’ सेवाप्रति आकर्षण बढ्दै गएको हो ।’
तामाको तारमार्फत वितरण गरिएका टेलिफोन लाइन करीब एक हजार छन् । तामाको तारमार्फत टेलिकमले उपलब्ध गराएको ‘एडीएसएल’ सेवाको गति कम भएकै कारण यसअघि केही ग्राहकहरूले सेवा लिन छोडे पनि अहिले फेरि आकर्षण बढेको उनले बताए ।
‘एफटीटीएच’ सेवा जडानका लागि कार्यालयले सामान्यदेखि तीव्र गतिको इन्टरनेट सेवा, तीन सय मिनेट निःशुल्क टेलिफोन सेवा, जडानमा एकसय मिटर ड्रप फाइबर निःशुल्क, सीपीई (राउटर) निःशुल्कजस्ता विभिन्न प्याकेज अगाडि सारेको छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







