गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पूरा


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पूरा भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालू बर्खे अधिवेशन अन्त्य गरेसँगै कार्यकाल सकिएको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई आग्रह गरेको थियो । सोहीबमोजिम २०७४ माघ ४ गतेदेखि सुरु संसदको प्रदेश प्रमुख गुरुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

२०७४ मंसिर १० मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभाका सांसदहरुको पहिलो अवधि पनि योसँगै पूरा भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।