पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा योगेन्द्र केसी निर्वाचित भएका छन् ।
समितिको बुधबार सम्पन्न अधिवेशनबाट केसी समितिको अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
अध्यक्षका लागि केसीले ७ सय ६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी ऐनकुमार साईले २९० र धर्मराज अर्यालले ५६ मत ल्याए । साई र अर्याल दुबैलाई केसीले भारी मतले जित निकालेका हुन् । प्रालिमा १३२७ मत छ । समितिमा आबद्ध बस व्यवसायीहरु केही वर्षअघि कम्पनीमा गएका हुन् ।
सञ्चालक समिति सदस्यहरुमा जयप्रसाद शर्मा (६२९), बाबुराम दवाडी (६२५), अशोककुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीनाथ शर्मा न्यौपाने (५७९), मेघराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी (५१७), भरतकुमार मल्ल (५०४), कृष्णबहादुर बल्थौडी (४९४) र रमेशकुमार श्रेष्ठ (३९९) विजयी भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







