बहराइनमा हुने यु–२० एसियन कप छनोटका लागि बुधबार प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक मेघराज केसीले टोलीको घोषणा गरेका हुन् ।
यही भदौ २५ देखि असोज २ गतेसम्म हुने प्रतियोगिताका लागि प्रशिक्षक केसीले २५ सदस्यीय टोलीको घोषणा गरेका छन् । छनोटमा नेपालसहित कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन् ।
छनोट हुने नेपाली टोलीको गोल–कीपरमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख र टोपबहादुर राना छन् ।
त्यस्तै डिफेन्डरमा अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइवा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल र राज ठोकर छन् ।
टोलीको मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिशरत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सञ्जीव लामा छन् । फरवार्डमा निरञ्जन मल्ल र रोहन खड्गी छन् ।
उक्त नेपाली टोलीले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे…






