सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ । सो आगोगले सोमालियाका बालबालिकाको वर्तमान अवस्था निकै नाजुक रहेकाले तत्कालका लागि कम्तीम पनि ९० लाखभन्दा बढी अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरेको हो ।
बुधबार सो संस्थाले संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुका साथै विभिन्न दाता देश तथा संस्थाहरुलाई सो आग्रह गरेको हो । त्यहाँका बालबालिका द्वन्द्वको चपेटामा परेकाले उनीहरुमाथि शोषण भइरहेको, विद्यालय जान पनि नपाएका तथा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएकाले उक्त सहयोग रकम आवश्यक परेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।
यहाँका बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको र तत्कालका लागि कम्तीमा पनि २३ लाख बालबालिका निकै समस्यामा परेका पनि सो एजेन्सीले जनाएको छ ।
उनीहरुलाई आन्तरिक द्वन्द्वको चपेटाबाट मुक्त गर्न, विद्यालय जानसक्ने अवस्था सिर्जना गर्न तथा कुपोषण हटाउनका लागि आवश्यक खाद्यान्नको जोहो गर्नका पनि सो रकम आवश्यक रहेको उक्त एजेन्सीले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







