आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हँुदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको होे ।
छनोटका लागि जिल्लामा एक हजार ६७ खेलाडीले फाराम भरेका थिए । तीमध्ये विभिन्न विधाका पाँच सय २१ छनोट हुनेसमितिले जनाएको छ । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भदौ १५ गतेसम्म छनोटका कार्यक्रम हुने बताए ।
यसअघिका विभिन्न प्रतियोगितामा कञ्चनपुका खेलाडीले बढी पदक ल्याएको बताउँदै उनले यसपटक पनि कञ्चनपुरका खेलाडीले बढी पदक ल्याउने जिकिर गरे ।
प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडी प्रतिस्पर्धामा सहभागी गराउन लागेको छ । कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको उनले बर्ताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







