दश वर्षमा वडा कार्यालय भवन बन्यो


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित





म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ शिखमा सुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो ।

जिविसले विसं २०६९ देखि एक तलाको चार कोठे भवन निर्माण सुरु गरेको थियो । लपत्र परेको भवन निर्माणलाई पूर्णता दिएर यसै हप्तादेखि कार्यालय सञ्चालन गरिएको अन्नपूर्ण–५ का वडाध्यक्ष राजेश तिलिजाले बताए ।

चुहिने समस्या रहेको भवनमा ढलान र जस्तापाताले छाएर एक तला थपिएको छ । गत आर्थिक वर्षमा रु तीन लाख विनियोजन भएको थियो । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिको एक कोठामा वडा कार्यालय सञ्चालन हँुदै आएको थियो ।

सभाहल र कर्मचारीका लागि आवास सुविधासहितको नयाँ भवन निर्माण भएपछि कार्यालय सञ्चालन, तालिम, बैठक सञ्चालन गर्न र सेवाग्राहीलाई सहज भएको छ । पन्ध्र महिनामा सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा विसं २०६९ देखि भवन निर्माण सुरु भएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।