तीज महिलाहरुलाई एकताबद्ध बनाएर अगाडी बढ्न हौसला दिने पर्व होःउपसभामुख शर्मा


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुको महान पर्व तीज महिलाहरुलाई एकतावद्ध बनाएर अधिकारका लागि लड्न हौसला दिने अवसर रहेको बताएका छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजना तथा ग्रिष्मा ब्युटि कियर एण्ड ईन्टिच्युटको सहकार्यमा भएको तीजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतका समयहरुमा सञ्चार प्रविधिको विकास नहुदा समाजमा महिलाहरुको पिडा तीजकै अवसरमा पोखिने प्रचलन रहेको बताईन् । अहिलेको युगसम्म आईपुग्दा सञ्चार प्रविधिको विकास र विभिन्न राजनैतिक आन्दोलनका कारण महिलाका केहि हक अधिकार कानुनमा लेखिएको तर सोचे अनुसार प्रगति नभएको गुनासो गरिन् ।

उनले सामाजिक रुपमा र राजनैतिक रुपमा महिला माथीको विभेद चिर्नको लागि यी पर्वले महिलाहरुलाई तिल्हरी लगाएर नाच्न मात्रै नभै एकताबद्ध भएर नेतृत्व लिन आफुलाई सक्षम बनाउन आग्रह गरिन् । फरक प्रशंगमा उनले राजनैतिक सवालमा अहिले उठेका विभेदपुर्ण नागरिकताको विषय र महिलालाई उपप्रमुखको पदमा चित्त बुझाईदिएका यी यस्ता विषयहरु एक भएर संघर्ष गर्नुपर्ने दाबी गर्दै महिला पत्रकारले अग्रणी भुमिका खेल्न सुझाव दिए ।

त्यसैगरि कार्यक्रममा सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले तीज पर्वलाई महिलाहरुले कार्यक्षेत्रमा भोगेका समस्या र कार्य सम्भावनाका छलफलका विषयका रुपमा लिएर एकताबद्ध हुनुपर्ने बताईन् ।

त्यसैगरि पत्रकार महासंघ शाखा कास्कीका सदस्य सरिता तिमिल्सिना पंगेनीलेसञ्चार क्षेत्रमा महिलाहरुलाई सुन्दरता विकाउका रुपमा प्रयोग गरेको हुनाले अव समाचार शाखा तथा नेतृत्व ग्रहण गर्न सक्ने क्षेत्रमा पुग्न एकअर्कामा सहयोग गर्न आवश्यक रहेको बताईन् ।

कर्यक्रममा समुहका अध्यक्ष कविता श्रेष्ठले पोखरामा रहेर आआफ्नो कार्यक्षेत्रमा खटिएका महिलाहरुलाई एकताद्ध बनाई आपसी सद्भाव र भाईचारा कायम गर्न तीज पर्वले विषेश भुमिका खेल्ने बताईन् । साथै उनले विभिन्न क्षेत्रमा क्रियशिल महिलाहरुको विषयमा समुहले वकालत गर्दै आएकोले आफु अध्यक्षमा भैईरहदा विभिन्न सञ्चार क्षेत्रमा आवद्ध महिलाहरुको समस्यामा साथ र क्षमतालाई उजागर गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कर्यक्रमा पत्रकार महासंघ शाखा कास्कीका पुर्व अध्यक्ष पुण्य गौतम,दिपेन्द्र श्रेष्ठ,कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना,सञ्चारिका समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष जमुना वर्षा शर्मा,निवर्तमान अध्यक्ष स्मिता अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

साथै सोहि अवसरमा आयोजना गरिएको तीज गितमा उत्कृष्ठ नाच्नेहरुलाई पुरस्कृत गरिएको छ । समुहका निवर्तमान अध्यक्ष स्मिता अधिकारीले प्रथम पुरस्कार २ हजार बरावरको साडी प्राप्त गरेकी थिईन् भने दोस्रो स्थानमा दुर्गा बरालले १५ सय बराबरको कुपन पाईन् ,तेस्रो स्थानमा रिना पौड्यालले १ हजार र चौथो स्थानमा अल्सना पाईजापुनले ५ सय बरावरको कुपन प्राप्त गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।