विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङस्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै उपाधि जितेका हुन् ।
‘द ग्लेनलिवेट टप अफ द वल्र्ड गल्फ क्लासिक’ नाम दिइएको चार हजार ६४५ मिटरको उचाईमा आयोजना भएको गल्फ प्रतियोगितामा २० अंकसहित बलराम थापा दोस्रो भए ।
३६ जना गल्फरको सहभागिता रहेको प्रतियोगितामा १४ अंकसहित रवैन्दर सैनीले वेस्ट ग्रोस र १४ अंक बनाउन सफल शुस्मा सिंह महिलातर्फ च्याम्पियन बनिन् । प्रतियोगिताको ८१ वर्षीया खेलाडी डा.रिता थापाले उद्घाटन गरेकी थिइन् । विश्वकै अग्लो स्थानमा भएको यस प्रतियोगिताको समाचार संकलनका लागि अमेरिकाबाट प्रकाशन हुने गल्फ डाइजेष्ट म्यागजिनका सम्पादक ओलिभर पनि सहभागी थिए ।
यस प्रतियोगितालाई विश्वकै उच्चस्थानमा भएको खेलका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्न प्रस्ताव गरिने आयोजकले जनाएको छ । हाल ३ हजार ९७० मिटर उचाईमा रहेको पूर्वी सिक्मिमको कुपपमा रहेको याक गल्फ कोर्सलाई सबैभन्दा उचाईमा रहेको गल्फ कोर्सको रुपमा लिइन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







