नोयडाका ’ट्विन टावर’ भत्काइयो


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित




भारतको नोयडाको सेक्टर ९३ ए मा रहेको अवैध रूपमा बनाइएको विवादास्पद ट्विन टावर भत्काइएको छ।

झन्डै ३७ सय किलो विस्पोटक पदार्थ प्रयोग गरेर ९ सेकेन्डमै ट्विन टावर भत्काइएको बीबीसी हिन्दीले जनाएको छ।

एपेक्स र केएन नाम गरेको टावरलाई सुपरटेक बिल्डरले बनाएको थियो। ३० तले यी भवनलाई ट्विन टावर भनिन्थ्यो। यसको उचाई ३ सय २० फिटभन्दा धेरै थियो।

यी भवन भारतमा भत्काइएको सबैभन्दा ठूलो भवन थियो। यो नोयडाको बाक्लो बस्ती रहेको क्षेत्रमा थियो।

सावधानी अपनाउँदै यी भवन नजिकको समुदायमा रहने मानिसलाई घरबाट खाली गराइएको थियो।

नोयडा अथोरिटीका अनुसार यी टावर भत्काइएपछि पर्यावरण संरक्षणको उद्देश्यबाट प्रभावित क्षेत्रहरूमा सडक, फुटपाथ, रुखबिरुवाको सफाईका लागि पानी ट्यांकर, मेकानिकल स्वीपिङ मेशिन र सफाई कर्मचारी खटाइएको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।