एभरेस्टकर्मी श्रेष्ठलाई घरभाडा सरोकार पत्रकारिता पुरस्कार


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित




पोखरा । एभरेस्टकर्मी सन्देश श्रेष्ठ घरभाडा सरोकार पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत हुने भएका छन् ।

एभरेस्ट आवाज डटकमका कार्यकारी सम्पादक र एभरेस्ट एफएमका समाचार प्रमुख समेत रहेका श्रेष्ठलाई नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले स्थापना गरेर सञ्चालन गर्दै आएको सो पुरस्कार अर्पण गरिने संस्थाले जनाएको छ ।

संस्थाको १५ औं साधारसभा तथा पाँचौ अधिवेशनका अवसरमा भदौ १८ गते उक्त पुरस्कार अर्पण गरिने छ । पुरस्कारको राशी रु १० हजार १०० तथा सम्मानपत्र र दोसल्ला रहेको छ ।संस्थाको १५ औं साधारसभा तथासंस्थाको १५ पाँचौ अधिवेशनका अवसरमा भदौ १८ गते उक्त पुरस्कार अर्पण गरिने छ । पुरस्कारको राशी रु १० हजार १०० तथा सम्मानपत्र र दोसल्ला रहेको छ ।

घरभाडा सरोकार लगायतका जनचासोका विविध विषयहरुमा पत्रकारिताका माध्यमबाट आम नागरिकलाई सुसुचित गराएको भन्दै श्रेष्ठलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष कमल न्यौपानेले बताए ।

पत्रकार श्रेष्ठ विगत दुई दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी नागरिक दैनिकमा पनि आवद्ध छन् । संस्थाले पोखरामा क्रियाशील एक जना पत्रकारलाई अधिवेशनका समयमा पुरस्कृत गर्दै आएको छ ।

घरभाडा सरोकार महासंघका केन्द्रीय अध्यक्ष अधिवक्ता बलभद्र खनालको प्रमुख आतिथ्यतामा साधारणसमा हुन लागेको अध्यक्ष न्यौपानेले बताउनुभयो । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सरोकार समितिले घरधनी तथा घरबहालमा बस्नेहरुको संस्था हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।