नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ। यसअघि नेपाल १४ औं स्थानमा थियो।
वरीयता खस्किएसँगै नेपालको सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भवना समेत कमजोर बनेको छ। आइसीसीले वरीयताको शीर्ष १२ मा रहने टोलीलाई सोझै विश्वकपमा सहभागिता गराउँछ।
नेपाली टोली वरीयता सुधार गर्ने लक्ष्यका साथ अहिले केन्या भ्रमणमा छ। केन्यासँग नेपालले पाँच खेलको टी–२० सिरिज खेलिरहेको छ। नेपाल एकदिवसीय वरीयतामा १९ औं स्थानमा छ। टी–२० को शीर्षस्थानमा भारत छ। इङ्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






