पोखरेली युवा उद्यमीको टोली द क्लिफ कुस्मामा, पर्यटन प्रबर्द्दन योजना


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरेली युवा व्यवसायीहरुको टोलीले आन्तरिक पर्यटन प्रबर्द्दन गर्ने हेतुले मंगलवार पर्बतको कुस्मा बन्जि द क्लिफ सम्मको यात्रा तय गरेका छन् । संचार उद्यमी तथा सुनचांदि ब्यवसायी शोभितमान बुद्दाचार्यको संयोजनमा युवा उद्यमी मन्च पोखरा, डुलुवा र युवा ब्यवसायी गरि १६ जनाको टोली द क्लिफ पुगेको हो ।
हरितालिका तिजमा छुट्टिको अवसर पारेर मन मिल्ने साथीहरुको एउटा रिफ्रेसमेन्ट ट्रिप गरेको बुद्दाचार्यले बताए । “टुरिज्म प्रमोसन टुर : पोखरा टु कुस्मा- द क्लिफ” नाम दिइएको यस टुरमा पोखरा र कुस्मालाई पर्यटकिय गतिबिधिमा जोड्ने उद्देश्य रहेको बुद्दाचार्यले जानकारी दिए । टोलीले कुस्मा बन्जि- द क्लिफका संचालक रोजन श्रेष्ठसंग समन्वय गरि टुरको व्यबश्थापन गरेको सह संयोजक पन्जा गुरुड.ले बताए । गुरुड.ले आगामि दिनमा पनि आवश्यकता अनुसार नियमित रुपमा बिभिन्न गन्तब्यमा यस्ता प्रबर्द्दनात्मक टुरको आयोजना गर्ने योजना रहेको बताए ।


टुरमा युवा उद्यमी मन्च पोखराका पूर्व अध्यक्ष पुनित बैद्य , निवर्तमान अध्यक्ष सुनिलबहादुर भट्टराईसहित बिभिन्न व्यवसायमा आबद्द युवा व्यवसायीहरुको टोली ८ वटा बाइक र २ वटा गाडिमा कुस्मा पुगेका थिए । टोलीलेलाई नदीपुरमामा अवश्थित सिंगापुर क्याफेबाट मंगलवार पूर्वान्ह पोखरा पर्यटन परिषदका नव निर्बाचित अध्यक्ष पोमनारायण श्रेष्ठले शुभ यात्रा बिदाई गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।