काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताए ।
उनले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राखे । उनले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताए ।
उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताए । उनले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताए । अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल वायुसेवा निगमले नमानेको उनले बताए ।
उनले १२ महिना पर्यटन भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए । उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अव चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताए । कार्यक्रममा डा बिपी बडालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पर्यटन शुल्क मिनाह गरी पर्यटकको बसाइँ तथा खर्च बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका डा रामकुमार फँुयाल र नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकालले टिप्पणी गर्दै नेपालमा पर्यटनको सम्भावना रहेकोले प्रचारप्रसारको कमी र पर्यटन नीतिगत सुधार आवश्यक रहेको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





