रामबजारका कुँवरपनि पो.उ.वा.संघको सदस्यको उम्मेदवार


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर १५ निवासी युवा व्यवसायी ललितबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

यहि भदौ २४ र २५ गते हुने संघको ३४ औं महाधिवेशनमा उनले कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पवनकुमार प्रजापति प्यानलबाट उम्मेदवारी दिने बताए ।

कुँवरले नीजि क्षेत्रको उत्थान र व्यवसायीक उन्नतीका निम्ति उम्मेदवारी दिएको बताएका छन् । कुँवर आभाष ट्रेडर्स रामबजारका प्रोपाईटर हुन् । साथै लालुपाते कृषि फर्म र मुना होटल लेकसाईडका पनि उनी सञ्चालक हुन् ।

उनी कालिका पव्लिक कलेज पोखरा–१५ का संरक्षक, सिद्ध उच्च मावि पोखरा–१५ का सिनेटर, दिव्यज्योति युवा क्लव पोखरा–१५ का आजिवन सदस्य, लक्ष्मीनारायण मन्दिर पोखरा–१५ का आजिवन सदस्य तथा कोलपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र अलकापुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।