भक्तपुर दरबार स्क्वायरमा आइसीसी विश्वकपको ट्रफी सार्वजनिक


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित




भक्तपुर दरबार स्क्वायरमा आइसीसी विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ ।

आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधबार सार्वजनिक गरिएको हो । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक गरिएको हो ।

टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।

यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।