टी–२० अन्तरराष्ट्रिय क्रिकेट वरीयतामा नेपाल अझ एक स्थान तल झरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज (बुधबार) सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो ।
यसअघि, नेपाल १५ औँ स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा छ ।
केन्याविरुद्धको ५ खेलको टी–२० श्रृंखलाको उपाधि वितेता भएपनि नेपालको वरीयता भने खस्कियो । मंगलबार मात्रै सम्पन्न उक्त श्रृंखला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले केन्याविरुद्ध ३ एक दिवसीय श्रृंखला खेल्नेछ । उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ ।
टी–२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा छ । यसैगरी, दक्षिण अफ्रीका चौंथो, न्युजिल्यान्ड पाँचौं, अस्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दसौँ स्थानमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







