सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ । पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए ।
यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे । दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ । सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई रु छ करोड २९ लाखमा पाँच वर्षका लागि ठेक्का दिएको छ ।
सो ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिने जनाइएको छ । पानी फोहर भएपछि सफा गर्नका लागि विषादी हालेको ठेकेदार मुखियाले बताए । जनकपुरलगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकाले विषादी प्रयोग गरिएको उनले जनाए ।
गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्ने गरेको बाढी आएर माछा बगाउने गरेको र कहिलेकाहीँ माछा नै चोरी हुने गरेकोजस्ता उनले दुःखेसो गरे ।
दिनप्रतिदिन विषादीको गन्ध विस्तारै कम हुँदै गएको उनले बताए । बाउन्न बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रतिदिन अतिक्रमणको चपेटामा परेको छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानवीय हस्तक्षेपको चपेटामा परिरहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







