पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवन बनाउन शुरु भएको छ । प्रविधिमैत्री स्वास्थ्य चौकी बनाउने उद्धेश्यसहित निर्माण गरिन लागेको स्वास्थ्य चौकी भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले स्थानियबासी, वडा, सम्बन्धित निकाय हातेमालो गर्दै अगाडी बढ्नुपर्ने खाँचो औंल्याए । करदाताबाट कर संकलन गरेर सो कर स्थानिय जनताकै सुविधाका लागि खर्च गर्ने नीति भएकाले महानगरले जनताको हितका लागि खर्च गर्न कन्जुस्याई नगर्ने बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को बिषम परिस्थितिमा स्वयमं नागरिक चोखो हुनुपर्ने बताए । कोरोनाबिरुद्ध लगाउने सुई हाउने नआउने अनिश्चित भएकाले सतर्कता अप्नाउनुपर्ने उनको भनाई थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै वडा नं २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १८ सय ६५ घरधुरी लाभान्वित हुने जानकारी दिए । करीब १ करोड २८ लाखमा भवन निर्माण गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य चौकी भवन निर्माणमा र निर्माण पश्चात् पनि स्थानियबासीहरुले रेखदेख गर्ने र सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताए ।
निर्माण कम्पनी नेसनल स्टेट विल्डर कम्पनी लि.का प्रोप्राईटर एवं निर्माण व्यवसायी तिलक पोख्रेलले ६ महिना भित्रमा नै काम सम्पन्न गर्ने प्रबिद्धता व्यक्त गरे ।
करिब १० बर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माणको लागि सो जग्गा हस्तान्तरण गरिएकोे थियो । तर केही प्राविधिक कारणले गर्दा भवन निर्माण हुन सकेको थिएन् । हाल जग्गा सम्बन्धि सबै प्रकृया पूरा भै निर्माण कार्य अघि बढेको जग्गादाता गुरुदक्त दवाडीले बताए ।
भवन शिलान्यास कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता बाबुराम तिमिल्सिना, गुरुदक्त दवाडीलाई महानगर प्रमुख जिसीले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







