झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।
आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार भएका थिए ।
यसैगरी नेपाली कांग्रेसले झापा–१ को ‘प्रदेश क का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश ख का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





