अमेरिकाको अलास्का राज्यका एकजना पुरुषले अलास्का राज्य मेलामा २ हजार १४७ पाउन्ड तौलको फर्सी ल्याएर सो राज्यमा यस विधामा आफैँले राखेको पूर्व कीर्तिमान तोडेका छन् ।
डेल मार्सलले सन् २०१९ को यस्तै मेलामा २ हजार ५१ पाउन्ड वजनको फर्सी ल्याएर नयाँ कीर्तिमान राखेका थिए । उनले आफ्नो यो पछिल्लो फर्सीको नाम ’कुकी मोनस्टर’ राखेका छन् ।
मार्सलले एन्कोरेज डेली न्युजलाई भनेका छन्, ‘यो विशाल फर्सी उमार्न मैले एटलान्टिक जायन्ट बिज प्रयोग गरेको थिएँ । ४ जुनमा कुकी मोनस्टर तयार भएको हो । कीर्तिमानको खवर सुनेर बिज दिने मानिस पनि निकै खुसी हुनेछन् । यदि मज्जाले घाम लागेको भए यो फर्सी यो भन्दा ठुलो हुने थियो ।’
अमेरिकाको अलास्का राज्यमा कीर्तिमान राखेपनि मार्सलको फर्सीको वजन गिनिज वल्र्ड रेकर्डको भन्दा अलि कमै रहेको छ ।
गत वर्ष इटालियन कृषक स्टेफानो क्युटरपीले २ हजार ७०२ पाउन्ड तौलको फर्सी उब्जाएर विश्व कीर्तिमान राखेका थिए ।
यूपीआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







