नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पुन: प्रदेश सांसदकै उम्मेदवारमा सिफारिस भएका छन् ।
उनको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको हो ।
गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए ।
नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा बसेको ५ औँ पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो । गुरुङसँगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ ।
लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम सिफारिस भएको छ । एमाले श्रोतका अनुसार घलेले संघबाहेक अन्त चुनाव नलड्ने बताएपछि पृथ्वीसुब्बाको नाम प्रदेशकै सिफारिस भएको हो ।
घलेले २०७४ सालमा पनि संघकै टिकट मागेका थिए । तर एमाले र माओवादी एकताका कारण माओवादी नेता देव गुरुङले टिकट पाए । एमालेभित्र माधवकुमार नेपाल समूहसँग नजिक रहेका घले पार्टी विभाजनपछि एमालेमै बसेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





