खगराज अधिकारी पनि गण्डकी प्रदेश सभामा चुनाव लड्दै


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित




एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारीको नाम प्रदेशसभामा सिफारिस भएको छ ।

प्रदेश सभातर्फ कास्की क्षेत्र १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका अधिकारीले आफूलाई प्रदेशसभामा नाम लेखाएका हुन्।

प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटीले जनाएको छ ।

अधिकारीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस गरिएको छ । अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ । अधिकारी अहिले संघीय सांसद छन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा विजयी हुँदै सांसद बनेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।