नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेलअगावै जितेको छ ।
घरेलु टोली केन्यालाई दोस्रो एकदिवसीय खेलमा १६ रनले पराजित गरेसँगै नेपालले श्रृंखंलाको उपाधि २–० ले जितेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकी छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी, देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ दशमलव ३ ओभरमा २ सय १३ रन बनाउदा अल आउट बन्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिदा सोमपाल कामीले ३ विकेट लिए । यसअघि, पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब, तेस्रो तथा अन्तिम खेल भोली हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







