अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरस्थित एक मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी २३ जना घाइते भएका छन्।
‘हेरात शहरको गाजर गाह मस्जिद बाहिर शुक्रबार भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएको’, प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका छन् ।
विस्फोटको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







