गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पूर्वी नवलपरासी (नवलपुर)बाट प्रत्यक्ष निर्वाचन लड्ने रुची देखाएनन् ।
नवलपुरको क्षेत्र १ बाट उनले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिए । उनले यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ (१) बाट निर्वाचन जितेका थिए ।
जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । प्रतिनिधि सभाको समानुपातिक सदस्यतर्फ १५ जनाले आवेदन दिएका छन् । समानुपातिकको प्रदेशसभा सदस्यतर्फ भने १ सय बढीको आवेदन परेको जिल्ला सचिव रानाभाटले बताए ।
त्यसका लागि आवेदन दिनेमा वर्तमान प्रदेश सभा सदस्यदेखि नगर सदस्यमा चुनाव हारेकासमेत रहेको जिल्ला सचिव रानाभाटले बताए । आवेदन परेका सबैको नाम छनोट गरेर भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।
लोकान्तरमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





