तनहुँ १ मा एमालेबाट एकबहादुर राना सर्वसम्मत सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ गते हुने निर्वाचनमा तनहुँ–१ बाट नेकपा एमालेका एकबहादुर रानालाई सर्वसम्मत सिफारिस गरिएको छ ।

एमालेको तनहुँ –१ क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले रानामगरलाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय गरेको तनहुँ एमाले श्रोतले बताएको छ ।

यस्तै, प्रदेशसभाका लागि तनहुँ –१ (क) बाट कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कला ढकाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, तनहुँ–१ (ख) प्रदेशसभाका लागि इन्द्रबहादुर कुँवर, अम्मर भण्डारी, बिन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।