नेकपा एमाले बागलुङले आगामी मंसीर ४ गते हुने प्रदेशसभा तर्फको निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा तर्फको लागि उमेदवार सिफारिस गर्न बसेको नेकपा एमालेको बैठकले प्रदेशसभा तर्फको उमेदवारको नाम सिफारिस गरेको हो ।
प्रदेशसभा क्षेत्र नम्वर १ (क) का लागि ४ जना र (ख) का लागि संभावित ४ जनाको नाम सिफारिस गरेको एमाले बागलुङ श्रोतले जनाएको छ ।
बैठकले प्रदेशसभा क्षेत्र नम्वर १ (क) बाट जिल्ला अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटिका सदस्य हरिनारायण गौतम, रामबहादुर जिसी र उपसचिव गणेशबहादुर थापामगरको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।
त्यसैगरी, प्रदेशसभा क्षेत्र नम्वर १ (ख) बाट नवराज पौडेल, धनबहादुर परियार, पदम गिरी र रुपा खनालको नाम सिफारिस गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





