नवलपुरबाट ४४ जनाको नाम सिफारिस, क्षेत्र नं १ बाट प्रचण्डको सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




माओवादी केन्द्र नवलपुरको देवचुलीमा हालै बसेको जिल्ला समन्वय समितिको बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरी ४४ जनाको नाम सिफारिस गरेको छ ।

जिल्लामा भएको २ वटा संघ र ४ वटा प्रदेशको क्षेत्रमा ५/५ जनाको नाम माग गरेको थियो । त्यसैअनुसार, प्रत्यक्षमा मात्रै ३० जनाको नाम परेको छ ।

नवलपुर क्षेत्र नं.१ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको नवलपुर माओवादी श्रोतले बताएको छ । नवलपुरको क्षेत्र १ को प्रतिनिधि सभामा प्रचण्डसहित ५ जना उम्मेदवार सिफारिस गरेको छ ।

जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरेको छ ।

यसैगरि, नवलपुर क्षेत्र–१ प्रदेश सभा ‘क’ को प्रत्यक्ष उम्मेदवारमा धनप्रसाद सापकोटा, मित्रशरण शर्मा, सूर्य न्यौपाने, बलराम चालिसे र अम्बिका सापकोटाको नाम सिफारिस गरेको छ ।

प्रदेश ‘ख’ मा लोकप्रसाद भुर्तेल भिषण, पूर्णकला भुसाल, प्रतिमा हुकुम सुवेदी, प्रेमा खनाल र दुर्गा भुसाललाई सिफारिस गरेको छ ।

त्यसैगरी, नवलपुर–२ को प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारीमा माओवादी केन्द्रको पोलिटव्युरोसमेत रहेका किशन शर्मा (बालकृण्ण गैरे), डासीराम बस्याल (माइकल), प्रेम बस्नेत, सरला खनाल र दुर्गा रसाइलीलाई सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नं २ कै (क) को प्रदेशसभामा प्रत्यक्ष उम्मेद्वारमा चेतनाथ पोख्रेल, चन्द्रबहादुर थापा (समर), रामराज पन्डित, सौगमकुमार श्रीपाली (सोम) र हेमकुमारी सुनारलाई सिफारिस गरेको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं २ (ख) को प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमा ताराप्रसाद भुसाल (गगन), कृण्णप्रसाद पाण्डे, हरी पाण्डे, खुमकान्त अधिकारी –अनन्त) र रूकमाया पुनमगरलाई सिफारिस गरेको छ । समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, कृष्णप्रसाद पराजुली, सुष्मा खनाल, कृण्णप्रसाद भट्टराई, पूर्णा थापामगर, धर्म केसी, नेत्र सुनार, टिकाराम घर्ती, टंक पुलामी, दमयन्ती रूचाल, ईश्वरी महतो, देवि अधिकारी थापा, लक्ष्मी खाँड, रमिला भुजेललाई सिफारिस गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।