आज भदौ २२ गते अर्थात निजमाती सेवा दिवस ।
आजको दिन देशभर विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ ।
आजको दिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा काठमाण्डौंको सिंहदरवारमा विशेष कार्यक्रम राखेको छ ।
नेपाल सरकारका मुख्य सचिव दामोदर बैरागीको अध्यक्षतामा भदौको गत ५ गते बसेको बैठकले निजामति सेवा दिवस मूल समारोह उपसमितिको गठन गरेको थियो ।
उपसमितिको बैठकले दिवसका अवसरमा रक्तदान, वृक्षारोपण र खेलकुद, दीपावली लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो ।
यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने लगायतका विभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
२०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







