फाइजरले विश्वभर कोरोना खोप पठाउँदै


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




अमेरिकाको खोप निर्माता कम्पनी फाइजरले विश्वभर कोरोना खोप पठाउँदैछ।

कोरोना खोप पठाउन विश्वभर फाइजरले चार्टर्ड उडान संचालन गर्ने जनाएको छ।

खोपलाई सरकारी स्वीकृति प्राप्त हुनेबित्तिकै तीव्र रुपमा विश्वका विभिन्न देशमा पठाउन चार्टर्ड उडान संचालन गर्न लागिएको हो।

फाइजरले स्वीकृतिका लागि आवेदन दिइसकेको छ। वाल स्ट्रीट जर्नलका अनुसार खोप राख्नका लागि अमेरिकाको मिसिगन र विस्कन्सिन तथा युरोपका बेल्जियम र जर्मनीमा भण्डारण बनाइएको छ।

हाल विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २० लाख ६५ हजार ४ सय ५३ पुगेको छ भने १४ लाख ४९ हजार ३ सय ४३ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ३२ लाख २७ हजार १ सय ९५ पुगेको छ। त्यहाँ २ लाख ६५ हजार ९ सय ३८ जनाको मृत्यु भइसकेको छ।

यस्तै, भारतमा ९३ लाख ५१ हजार १ सय ९ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार २ सय जनाको मृत्यु भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।