जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित




पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ ।

नेपालमा पाइने ९ प्रजातिको गिद्धमध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा ८ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ ।

तर, मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीवी चौधरीले बताएका छन् ।

कावासोतीमा अवस्थित जटायु रेष्टुरेन्टबाट पहिलो पटक सन् २००९ को सेप्टेम्बर ४ मा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन सुरु गरिएको थियो । टेलिस्कोप, क्यामरा र दूरबिनको सहायताले गिद्ध अवलोकन गर्न सकिने चौधरीले बताए ।

संयोजक चौधरीले गिद्ध वातावरणसँगै धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको हुँदा गिद्धप्रति समाजमा राम्रो विचार भएकाले अबका दिनमा संरक्षणमा विद्यार्थी, शिक्षक , पथप्रदर्शकलगायत सम्पूर्ण सरोकारवालाहरूले यसप्रति ध्यान दिनुपर्ने बताए ।

गिद्ध मरेको सिनो खाएर बाँच्ने पंक्षी हो । हानिकारक कीटाणु तथा सडेको मासु पचाउन सक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचीकार पनि भन्ने गरिन्छ ।

गोरखापत्र अनलाइनमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।