इरानमा एलजीबीटी अभियन्तालाई मृत्युदण्ड


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित




दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ ।

उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका छन् ।

उरिमास्थित एक अदालतले ३१ वर्षीया जाहरा सिद्धिकी र २४ वर्षीय एल्हाम चौब्दारलाई ‘पृथ्वीमा भ्रष्ट आचरण देखाएको’ अभियोगमा दोषी ठहर गरेको हो ।

उनीहरूलाई समलिङ्गी सम्बन्ध र इसाई धर्मलाई बढावा दिएको तथा इस्लामिक गणतन्त्रको विरोध गर्ने सञ्चार माध्यमसँग संवाद गरेको अभियोग लगाइएको मानव अधिकारका लागि हेन्ग संगठनले जानकारी दिएको छ ।

पछि इरानको न्यायालयले उनीहरूलाई मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनीहरू कुनै अभियन्ता नभएको बरु मानव ओसारपोसार तथा बेचबिखन कार्यमा संलग्न रहेको बताएको छ ।

हल्ला फैलिएको र साइवरस्पेसमा प्रकाशित समाचारको आशय विपरीत न्यायालयको न्युज आउटलेट मिजानले लेखेको छ, ‘यिनीहरू दुवैलाई महिला र कलिला युवतीहरूलाई झुक्याएर यसै क्षेत्रको कुनै एउटा मुलुकमा लगेर बेचेको अभियोग लगाइएको छ ।’
बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।