सिन्धुपाल्चोक । मानिसको व्यस्त जीवनशैलीले परिवारका जेष्ठ नागरिकको उचित ब्यवस्थापन हुन नसक्दा समाजमा एक्लो हुनुका साथै अधिकारबाट समेत वञ्चित हुन पुगेका छन् । नेपालमा ज्येष्ठ नागरिकको अधिकार र कल्याणका लागि कानुनीरूपमा थुप्रै व्यवस्था गरिएका छन् ।
नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी स्पष्ट उल्लेख गरिएको छ । तर, राज्यले बनाएका नियम कार्यान्वय नभएकोप्रति मेलम्ची–१० का जेष्ठ नागरिक टोमशङ्खर दुलाल चिन्ता व्यक्त गर्छन ।
उनले कानुन बनाएर मात्र नहुने भन्दै कार्यान्वयनमा जोड दिईन्छन । जेष्ठ नागरिकसम्वन्धी ऐनमा जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने, जेष्ठ नागरिकलाई परिवारले पालनपोषण गर्नुपर्ने, पालनपोषण नगरे उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारवाही हुने, आफ्नो सम्पत्ति आफूखुसी गर्न पाउने, नागरिकलाई भिक्षा माग्न लगाउन नहुने, सार्वजनिक सेवामा जेष्ठ नागरिकलाई छुट दिनेजस्ता प्रावधान छन् ।
तर, व्यवहारमा भने लागू नभएको मेलम्ची–१२ का मोहन ढकाल बताउछन । उनी जेष्ठ नागरिकका लागि भवन, भजनर्कीतन गर्ने ठाउँको ब्यवस्था गरिदिनुपर्ने बताउछन । हेलम्बुका गीता तामाङ घरपरिवारमा जेष्ठ नागरिकलाई धेरै हेला हुने गरेको भन्दै हेलागर्नेलाई कडा कानुन बनाएर कारवाही हुनुपर्ने बताउछन ।
मेलम्ची नगरपालिकाले जेष्ठ नागरिकका लागि सहजरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, स्वास्थ्यमा सुविधा दिने, जेष्ठ नागरिकको जीवनलाई सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जेष्ठ नागरिक सञ्जालनै बनाएर नीति र कार्ययोजना निर्माण गर्नेजस्ता काम गरेको छ । अघिल्लो सरकारको कामलाई निरन्तरता दिँदै आगामी दिनमा अझै प्रभावकारी काम गर्ने मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान बताउछन ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







