राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसीर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ ।
त्यस्तै, राप्रपाले सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।
कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुङ, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सह–सचिव सुवर्णराज पन्त छन् ।
केन्द्रीय उपाध्यक्ष गुरुङको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत सिफारिस भएको छ । त्यस्तै, प्रत्यक्षतर्फ प्रदेश ‘क’ मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुङ, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाँई र जिल्ला सविच भानु भण्डारी ‘क्षितिज’को नाम सिफारिस गरेको छ । प्रदेश ‘ख’ तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरी सर्वसम्मत सिफारिसमा परेका छन् ।
त्यस्तै, प्रतिनीधिसभा समानुपातिकतर्फ रोमबहादुर भण्डारी, बिष्णुकुमारी गुरुङ, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेल गरी ६ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिस गरेको राप्रपा कास्की क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





