मंसिर १४ पोखरा । पोखरा महानगरपालिकामा थप १५ नयाँ कोरोना भाइरस संक्रमित थप भएका छन् ।
थपिने पोखरा महानगरका वडा नं १, ४, ६, ११, १२, १५, १६, १७, १९ र २९ का १५ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको परिक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा पनि संक्रमण पाइएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका दुई जना र तनहुको ब्यास नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
यो सहित गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार ९५७ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







