उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिले पूर्णता पायो


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको उपप्रमुखसंग महिला कार्यक्रम सचालक समितिले पूर्णता भएको छ । पोखरा महानगरपालिकाको चौथो नगरसभाले समितिलाई पूर्णता दिएको हो । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति रहने व्यवस्था कार्यविधिमा रहेको छ ।

समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा छ ।सोही व्यवस्था अनुसार हालै बसेको कार्यपालिका बैठकबाट समितिले पूर्णता पाएको हो ।

समितिको सदस्यहरुमा महानगरकार्यपालिका सदस्यहरु हरिमाया विश्वकर्मा, निर्मला पौडेल, मन्दिरा परियार, धनकुमारी पोखरेल, भिमकुमारी पून गर्वुजा छन् भने ब्यवासीयक महिलाहरुको तर्फबाट मुना बास्तोला र गोमा सुवेदी रहेका छन् । समितिको सदस्य सचिवमा सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेल रहेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचन लगत्तै उपप्रमुखमा निर्वाचित मञ्जुदेवी गुरुङले उपप्रमुखसंग महिला कार्यक्रमको योजना ल्याएका हुन् । गुरुङ गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट पनि उपप्रमुखमा निर्वाचित भएका हुन् । उनी आएसंगै यो कार्यक्रमले निरन्तरता पाएको छ भने आर्थिक वर्ष २०७९÷८० का लागि २ करोड बजेट विनियोजन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।