प्रतिकात्मक तस्बीर
मंसिर १४ पोखरा । कोरोना संक्रमणबाट पोखरामा दुई जना पुरुषको मृत्यु भएको छ ।
पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–११ का ६० वर्षिय बृद्ध आज विहान ५ः४५ बजे मृत्यु भएको हो ।
गत मंसिर ७ गते कोरोना संक्रमित भएका उनमा कोभिड, निमोनिया,उच्च रक्तचाप, र मुटुसम्बन्धी समस्या समेत रहेको जनाइएको छ ।
यस्तै गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा –१९ का ५७ वर्षिय बृद्धको पनि शनिबार राती ९ः२० बजे मृत्यु छ ।
यही मंसिर ११ गते कोरोना संक्रमणको पुष्टि भएका उनमा कोभिड सहित निमोनिया लगायतको समस्या समेत रहेको थियो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







