भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा भेन्टिलेटर भित्राएको छ । भेन्टिलेटरको अभावमा विरामीको ज्यानै जान थालेपछि हालैमात्र गठन भएको स्वयम्सेवी संस्था भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र ३ वटा हाई फ्लो नोजल क्यानला (एच.एफ.एन.सी.) ल्याएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएकाहरुको भेन्टिलेटरको अभावमा ज्यान नजाओस् भनेर स्वयम्सेवी संस्था भेन्टिलेटर सर्भिस कास्की गठन गरेर भेन्टिलेटरलगायतका अत्यावश्यक ईक्यूपमेन्टहरु ल्याइएको संस्थाले पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
हालैमात्र गठन भएको भेन्टिलेटर सर्भिस कास्कीको अध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे छन् भने सदस्यहरुमा डाक्टर सरोज पोखरेल, व्यवसायी विप्लव पौडेल, व्यवसायी सुनिल गोशेली र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली रहेका छन् ।
समितिले पोखरामा भेन्टिलेटर बढी भन्दा बढी ल्याएर सेवा दिने उद्धेश्य राखेको अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । पहिलो चरणमा एउटा भेन्टिलेटर र ३ वटा एच.एफ.एन.सी. ल्याएको र केहि दिनमै थप ६ वटा ल्याईने उनले बताए । कास्की स्तरिय समिति भएपनि गण्डकी प्रदेशलाई नै समेट्नेगरी भेन्टिलेटर र एच.एफ.एन.सी.को संख्या २० वटा पु¥याउने लक्ष्य लिइएको उनले बताए ।
समितिले ल्याएका भेन्टिलेटर ब्याकअफका रुपमा रहने र त्यसलाई आवश्यक्ता परेको बेला टोकन मनी लिएर अस्पताललाई दिईने समितिका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । समितिले भेन्टिलेटर र एच.एफ.एन.सी.को भाडादर पनि कायम गरेको छ । ज्ञवालीका अनुसार सरकारी अस्पताललाई प्रति दिन प्रति भेन्टिलेटर १ हजार तोकिएको छ भने सामुदायिक अस्पताललाई दैनिक २ हजार र नीजि अस्पताललाई दैनिक ३ हजार तोकिएको छ । त्यस्तै एच.एफ.एन.सी.को भाडा प्रति दिन सरकारी अस्पताललाई ३ सय, सामुदायिक अस्पताललाई ५ सय र नीजि अस्पताललाई ७ सय तोकिएको ज्ञवालीले जानकारी दिए ।
स्वयम्सेवी संस्था भएपनि संस्था सञ्चालन तथा भेन्टिलेटर र एच.एफ.एन.सी.को सरसफाईसँगै कर्मचारी ब्यबस्थापनका लागि भाडा लिइएको अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
भेन्टिलेटर छैन भनेर अस्पतालले विरामी भर्ना गर्न नमानेको समस्यापनि यसले समाधान गर्ने समितिका सदस्य डा.सरोज दाहालले बताए । हाम्रो संस्थालाई सिधै विरामीका आफन्तले फोन गरेर भेन्टिलेटर छ कि छैन भनेर सोध्न सक्ने र अस्पताललाई म भेन्टिलेटरको ब्यबस्था गर्छु, उपचार शुरु गर्नूस् भनेर भन्न सक्ने अवस्था आउने उनको भनाई छ ।
समितिले भेन्टिलेटर ल्याउन प्रयास थालेपनि पैसाको जोहो भने भइनसकेको जनाएको छ । उसले सहयोगी मनहरुलाई मन फुकाएर भेन्टिलेटरको अभावमा ज्यान नजाने वातावरण निर्माणका लागि सहयोग गर्न भनेको छ । भेन्टिलेटर ल्याउनका लागि समितिका सदस्य विश्वशंकर पालिखेले १ लाख, सदस्य विप्लव पौडेलले १ लाख, सुनिल गोशेलीले १ लाख दिने घोषणा गरेका छन् ।
यसैबीच, नेपाल युवा उद्यमी मञ्च कास्कीलेपनि समितिलाई २ लाख दिने घोषणा गरेको छ । समितिका अध्यक्ष पुनित वैद्यले भेन्टिलेटर ल्याउने कुरा जीवन बचाउने अभियान भएकाले मञ्चको तर्फबाट २ लाख दिने घोषणा गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







