नेपालमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५:३० बजे सुरु हुनेछ ।
समूह ’बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ ।
भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो जितको खोजीमा रहनेछ ।
पहिलो खेलमा भुटानलाई नेपालले ४–० ले हराएको थियो । सेमिफाइनलको स्थान बनउन पनि भुटानलाई जित्नैपर्ने दबाब छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







