बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई माया गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।

सन् १९६१ र सन् १९८६ मा भएका उनका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका हुन् । एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाई छ ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका हुन् ।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् ।

उनको बिहीबार स्कटल्याण्डको वालमोरलमा निधन भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।