पोखरा । नेकपा एमाले निकट यूवा संघ नेपाल पोखरा– १७ को अध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् ।
एमाले सम्बद्ध भातृसंगठन नेपालको शुक्रबार भएको भेलाले पौडेलको अध्यक्षतामा ३७ सदस्यीय पोखरा १७ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा विकास गुरुङ, सचिवमा सागर आचार्य, सहसचिवमा लक्ष्मण बराल, विष्णु भण्डारी र कोषाध्यक्षमा विनिता पौडेललाई चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई युवा संघ नेपाल ,कास्कीका अध्यक्ष पान बहादुर जिसीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
यसअघि भेलाको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नम्वर १७ का इञ्चार्ज तिर्थराज अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटीका सचिवालय सदस्य लक्ष्मण शर्मा ,कृष्ण लम्साल ,महानगर सदस्य नगेन्द्र शर्मा ,युवा संघ केन्द्रिय सदस्य सरस्वती पुरी ,जिल्ला अध्यक्ष पान बहादुर जिसि ,जिल्ला सचिव नवराज केसी ,महानगर सचिव सुशील जिसी, नेकपा एमाले पोखरा १७ का अध्यक्ष रिशव तिमिला ,सचिव बिक्रम गुरुङ लगायतले बोलेका थिए ।
युवा संघ नेपालको पोखरा महानगरपालिका वडा न १७ को युवा भेला कमिटिका अध्यक्ष शिवराज भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालनकमिटि सचिव प्राणनाथ पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





