पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा कास्कीका ३ विद्यालयमा बाल अधिकार सम्बन्धि तालिम सम्पन्न गरिएको छ । राष्ट्रिय बाल दिवस २०७९ को अबसर पारेर चिलड्रेन नेपालले कालिका माध्यमिक विद्यालय,कन्या माध्यमिक विद्यालय र साहारा आधारभुत विद्यालयमा संचालन गरेको हो ।
सामुदायिक बिद्यालयका बालबालिकाहरुको क्षमता बिकासलाई सहयोग पुग्ने उदेश्यले बाल अधिकार , बाल संरक्षण ,बाल सहभागिता ,कर्तव्य र जिम्मेवार तथा बाल क्लबको गठन प्रक्रिया साथै लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बिषयमा प्रशिक्षण गराईएको तालिममा ३ विद्यालयका गरि ६० जना बालबालिकाको सहभागीता रहेको तालिम सह सयोजक रमेश सुवेदीले बताए ।
उनका अनुसार पोखरा १० स्थित कालिका माध्यामिक बिद्यालयमा सह सयोजक सुवेदी र सहायक सयोजक सुनिता तिमिल्सिना ,कन्या माध्यमिक बिद्यालय नदिपुरमा वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा र सहायक सयोजक लीला न्यौपाने र सहारा आधारभुत बिद्यालय बसपार्कमा सहायक सयोजकद्वय महेन्द्र पौडेल र विशाल घोतानेले सहजीकरण गरेका हुन्।
तालिम पश्चात सहभागी बालबालिकाले तालिमबाट बालबालिकाका सवालमा जान्नु पर्ने र आफ्नो जिम्मेवारीको बारेमा स्पष्ट हुने अवसर प्राप्त भएको बताएका थिए ।
साथै उनीहरुले आफुले सिकेको कुरा पालना गर्दै अरु बालबालिकालाई पनि सुसूचित गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिम सहजकर्ताहरुले बालबालिकालाई तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्दै आफ्नो पठनपाठनमा जोड दिन आग्रह गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







