पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा पोखराको सम्पत्ति भएको बताउदै यसको संरक्षण गर्ने जिम्मेवारी महानगरको भएको बताएका छन् ।
पोखरा ३१ म रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको २० औँ साधारणसभा तथा १० औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कोटहरुको संरक्षणका महानगरले ध्यान दिएको र नीति तथा कार्यक्रममा समावेश गरेको बताएका हुन ।
उनले पोखरालाई पर्यटकीय सहरका रुपमा विकास गदै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गदै यस्ता कोटहरुलाई धार्मिक पर्यटकीय गतन्ब्यका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताए ।
उनले पोखरा महानगरले पूर्वाधारमा बढि जोड दिएको बताउदै समृद्ध महानगर बनाउने गरी युवालाई स्वरोजगार बनाउन व्यवसाय प्रबद्र्धन केन्द्र, महिलालाई आर्थिक रुपमा सबल बनाउन उपप्रमुखसंग महिला कार्यक्रम, कृषिमा अनुदान लगायतका कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कडेँलले वडाभित्र तीन वटा कोट रहेको बताउदै सरक्षण गर्नुपर्ने र पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्ने खाँचो आौल्याए । उनले वडाका सडकहरुलाई स्तरोन्नति र निर्माणका लागि संघ, प्रदेश र महानगरको रकम विनियोजना भएको बताए ।
पचभैया कोट देउराली संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिननाथ ढकाल, सचिव बिनोदमणी लामिछाने, कोषाध्यक्ष अमृता थापा, समाजिक ब्यत्तित्व ध्र्रुवनाथ अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा कोट व्यवस्थापनमा सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






