पोखरा लेडी जेसिजको आगामी कार्यकालका लागि कमला शर्मा कँडेल (विनिता) अध्यक्षमा निर्वाचित भएको दाबी गरिएको छ । मतगणना अन्तिम समयमा पुग्दा स्थगित भएको एक पक्षले दाबी गरिरहँदा अर्को पक्षले भने शर्मा निर्वाचित भएको घोषणा गरेको हो ।
शनिबार लेकसाईडस्थित टिका रिसोर्टमा भएको अधिवेशनमा शर्मा र गायत्री फुयाँलबीच प्रतिष्पर्धा भएको थियो । राती १० बजेसम्म भएको मतदानपछि भएको मतगणना गर्न २ मत बाँकी रहँदा विवाद भएको थियो । त्यतिखेरसम्म शर्मा फुयाँल भन्दा २६ मतले अघि रहेको बताइएको छ । उपाध्यक्षको मत पत्रमा त्रुटी भेटिएपछि फुयाँल पक्षले मतगणना रोक्न माग गरेका थिए । तर शर्मा पक्षले मतगणना अन्तिम अवस्थामा पुगेको भन्दै परिणाम सार्वजनिक गर्न माग गरेपछि निर्वाचन आयुक्त वसन्त केसी निर्वाचन स्थल छाडेर हिंडिन् । लगत्तै अधिवेसन डाईरेक्टर तथा पोखरा लेडी जेसिजकी निवर्तमान अध्यक्ष सपना गिरीले शर्मालाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।
उपाध्यक्षमा भने विवाद रहेका कारण परिणाम घोषणा नगरिएको अधिवेसन डाईरेक्टर सपना गिरीले एभरेस्ट आवाजलाई बताईन् । अध्यक्षमा विवाद थिएन, त्यहि भएर शर्मालाई निर्वाचित भएको घोषणा गरेकी हुँ, उनले भनिन्,‘उपाध्यक्षमा विवाद भएकाले परिणाम घोषणा गरिएन ।’ मतगणनाको अन्तिम अवस्थामा विवाद भएपनि अध्यक्षमा नभई उपाध्यक्षमा मात्र विवाद रहेको उनको दाबी छ । उनले उपाध्यक्षमापनि सहमतिको प्रयास भइरहेको र मंगलबारसम्ममा कुरा मिल्ने दाबी गरिन् ।
कार्यकारिणी उपाध्यक्षमा भने लक्ष्मी कुँवर निर्विरोध निर्वाचित भएको जनाइएको छ । निर्वाचित समितिले अन्य पदाधिकारी मनोनित गरेपछि मात्रै समितिले पूर्णता पाउने जेसिजको प्रावधान छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







