पोखरा । निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम पोखरामा सम्पन्न भएको छ । महिला गैर सरकारी संस्था महासंघ, शान्ति,न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र आमा मिलन केन्द्रको सयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जील्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता मालले अझै पनि पार्टीको होस या कुनै सस्थाको महिला नेतृत्वलाई समाजले सहज रुपमा स्विकार नगरेको बताइन् । उनले राजनितिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन पर्ने बताइन ।
महिलाहरु निर्वाचित भइ सकेपछि पनि जीम्मेवार भएर काम गर्ने वातावरण नभएको उनले सुनाइन । निर्वाचित भएका महिला र दलित महिलालाई प्रशिक्षित गरेर उनिहरुको काम, कर्तव्य र अधिकार बुझाउन सक्यो भने आउदा दिनमा उनिहरु नै हिम्मतका साथ अध्यक्ष लगाएतका कार्यकारी पदमा दावी गर्न सक्ने क्षमताको विकास हुने उनको जोड थियो ।
नेपाली काग्रेस कास्की जील्ला सदस्य निर्मला कार्की भण्डारीले निवार्चनमा महिलाहरुको अर्थपुर्ण सहभागीता बढाउनका लागि राजनितिमा महिलाको सक्रिय एवम सक्षंम भूमिका हुन पर्नेमा जोड दिइन । उनले महिलाले कसैले दिए लिउला भन्ने मानसिकताले होइन आफ्नो क्षमताका आधारमा नेतृत्वमा जान आँट गर्नुपर्ने बताइन ।
आस्थाका आधारमा महिलाहरु विभिन्न पार्टीमा विभाजित भएता पनि निवार्चनका बेलामा महिलाहरु एकजुट भएर महिला उम्मेदवारलाई साथ र सहयोग गर्नु पर्ने बताइन । आफनो पार्टी नेपाली काग्रेसमा पनि आफुले नेतृत्वदायी तहमा महिलाको सहभागीता हुनु पर्ने कुरा उठाइ रहेको बताइन ।
प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत आकांक्षा रिजालले सविंधानले नै महिलाको सहभागीता सुनिस्चित गरेकाले अहिले अर्थपुर्ण सहभागीताका वारेमा वहस पैरवी गर्ने अवस्थाको सृजना भएको बताउदै हरेक पार्टीमा अवद्ध महिलाहरुले अव आफ्नो क्षमता वृद्धी गरेर नेतृत्वदायी तहमा पुग्न सक्षंम भएर तयारी अवस्थामा वस्नु पर्ने बताइन ।
दलित महिला संघ फेडो कास्कीका कोषाध्यक्ष मन माया नेपालीले स्थानिय निवार्चनमा नेताहरु दलित महिला उम्मेदवारहरु खोज्दै आफुकहाँ आउने तर अरुबेलामा दलित महिलाको सशक्तिकरण तथा क्षमता वृद्धी गराएर दलित कोटामा होइन खुल्ला रुपमै लड्न सक्ने बनाउन कसैले चासो नदिएको गुनासो पोखिन ।
मुस्लिम महिला समुहका अध्यक्ष नजवुल निशा खानले महिलाहरुकै अर्थपुर्ण सहभागिताको वहस भइरहेको बेला अल्पसख्यक समुदायका महिलाहरुको त झन सहभागीता नै सुनिस्चत नभएको बताइन ।
इन्सेक पोखराका अधिकृत सवनम शर्माले विभिन्न पार्टीको गठबन्धन भए जसरी विभिन्न क्षेत्रमा लागेका महिला महिलाहरुको गठबन्धनले महिलाको अर्थपुर्ण सहभागीता सहजै हुने बताइन ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष इन्द्र कुमारी शर्मा , उपाध्यक्ष केशु भुजेल गैसस कास्कीका सचिव सरोज नारायण बराल , एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष स्याम बहादुर श्रेष्ठ लगाएतले बोलेका थिए ।
आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका संचालन संकल्पका सचिव जुना केसीले गरेकी थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





